slot gacor slot online slot gacor slot gacor slot gacor slot gacor link gacor slot gacor slot gacor slot gacor togel online slot gacor slot slot gacor slot qris slot qris
नरेशलाई तरकारी खेती नै दुबई र मलेसिया बनेको छ
location
Khumaltar, Lalitpur

नरेशलाई तरकारी खेती नै दुबई र मलेसिया बनेको छ

25 Dec, 2024

सुगम जिल्ला कैलालीको दुर्गम पहाडी पालिकाकारुपमा रहेको चुरे गाउँपालिका वडा नं. ५ निङलाडीका २५ वर्षीय नरेश धामीको परिवार २०७२ सालसम्म बझाङको विकट मानिने बुंगलमा बस्थ्यो । 
नौ जना परिवारको पालनपोषणका लागि नरेशका बुवा जयसिंहले यार्चागुम्बामा भर पर्नुपथ्र्यो । यार्चागुम्बा नभेटिए धामीको परिवार ऋणमा डुब्थ्यो । मुश्किलले छ महिना खान पुग्ने धामीको परिवार यही दुःख सहन नसकेर २०७२ मा निङलाडी झर्‌यो । काकाको परिवारसहित १४ रोपनी जग्गामा खेती गर्दै आएका धामीको परिवारलाई बझाङ भन्दा केही सहज भए पनि वर्षभरि पुग्ने अन्न उत्पादन हुन सकेन ।

धनगढीस्थित कान्तिपुर टेक्निकल कलेजबाट कृषि जेटिएतर्फको प्राविधिक एसएलसी र शैलेश्वरी मा.वि.बाट स्वास्थ्य विषयमा प्लस टु उत्तीर्ण गरेका नरेशले आफ्‌नो जग्गामा तरकारी खेती गर्ने योजना बनाए पनि उनलाई तरकारी खेतीको  व्यवशायिक ज्ञानको अभाव थियो ।‘कृषि जेटिए अध्ययन त गरेको थिएँ, तर प्राक्टिकल ज्ञान थिएन’ नरेशले भने ‘ न्च्ब्एभ् परियोजनाका स्थानीय श्रोत व्यक्ति गोबिन्द धामीको सल्लाह र सहयोगले मैले तरकारी खेतीमा भविष्य राम्रो देखेको छु ।’

नरेशका अनुसार न्च्ब्एभ् परियोजनाले जैविक विधिबाट खेती गर्न सिकाई रहेको छ । गड्‌यौला मल उत्पादन, सुन्तला खेती, तरकारीमा जैविक उपचार गर्न, सिँचाई सुविधाका लागि स्वायल सिमेन्ट पोखरी  बनाउन सहयोग गरेको छ । ‘पहिला पहिला तरकारी फलाउन हामी विषादी प्रयोग गथ्र्यौ तर अचेल जैविक झोल र जैविक मल प्रयोग गर्छौं’ नरेशले भने ‘कम्पोष्ट मल, गड्‌यौला मल, झोल मल सहित किराबाट बच्नका लागि मोहनी पासो जस्ता विधि प्रयोग गर्छौं यसले हाम्रो स्वास्थ्यलाई पनि असर गर्दैन भने उत्पादन पनि राम्रै भएको छ ।

’नरेशले ११ रोपनी जमिनमा लगाएको तरकारी बालीबाट वार्षिक ८ लाखसम्म आम्दानी गर्ने गरेका छन् । गत वर्षको असारसम्म उनले ४५ क्विन्टल टमाटर, १२ क्वीन्टल बन्दा, ३ क्वीन्टल खुर्सानी, ४ क्वीन्टल आलु, ५ क्विन्टल लसुन, ५ क्वीन्टल अदुवा बिक्री गरेका थिए । खशी, बाख्राको बिक्रीबाट हुने आम्दानी छुट्‌टै छ ।‘भैंसीको गोबरलाई गड्‌यौला मलका लागि प्रयोग गर्छौं, बाख्राको जुतो (बर्रक्याम्ला) बाट कम्पोष्ट मल बनाउँछौं, वर्षाको पानी न्च्ब्एभ् को सहयोगमा निर्मित स्वाइल सिमेन्ट पोखरीमा जम्मा गर्छौं र सिँचाइ गर्छौं’ नरेशले भने ‘यसले हाम्रो माटोको उर्बरा शक्ति पनि कायम राख्छ भने उत्पादन पनि पहिला भन्दा बढ्‌दै गएको छ, यसमा न्च्ब्एभ् को सहयोग छ ।’
‘मेरा दुई बच्चा, सानो भाई र बहिनी बाहेक हामी परिवार सबै तरकारीमा लागेका छौं, यहाँ सिकेको ज्ञान र सीपले अन्य ठाउँमा जग्गा भाडामा लिएर तरकारी र फलफूल खेती गर्ने सोंच छ’ धामीले भने ‘जग्गा भाडामा खोजिरहेको छु, पाएको छैन, आफू मात्रै नभएर अरुलाई रोजगार दिने उद्देश्यले टनेलमा बेमौसमी तरकारी खेती विस्तार गर्ने योजना हो ।’ 

नरेशले उत्पादन गरेको तरकारी खरिद गर्न व्यापारीहरु उनको बारीमै आइपुग्छन् । भदौ महिनादेखि तरकारी लगाउन शुरु गर्ने नरेशको बारीमा व्यापारीले पहिले नै ठेक्का लिन्छन् । 
व्यापारी नआउँदा समेत उनलाई बिक्री गर्न समस्या छैन । नजिकै रहेको खानीडाँडामा तरकारी बिक्री हुँदै आएको छ । ‘उत्पादन राम्रो भएरै होला, मैले तरकारी लगाउन शुरु गरेदेखि नै व्यापारीले प्रतिकिलोको मुल्य तोकेर सबै खरिद गर्ने ठेक्का लिएका छन्‌’ धामीले भने ‘उत्पादन गर्नका लागि जग्गाको अभाव रहे पनि उत्पादनको बजारका लागि समस्या छैन ।’  

नरेशको लोभलाग्दो तरकारी खेती र लगाब हेरेर गाउँका अन्य किसान समेत तरकारी खेतीतर्फ आकर्षित भइरहेका छन् । नरेशसँगै पढेका साथीहरु रोजगारीको सिलसिलामा कोही भारतमा छन् भने कोही मलेसिया, दुबई, कतार लगायत साउदी अबरमा छन् । आफ्‌नै सानो बारीमा लगाब र मेहनत गरेर साथीहरु भन्दा राम्रो आम्दानी गरिरहेका नरेशका लागि भने तरकारी खेती नै दुबई, मलेसिया र कतार भएको छ ।